आफूले प्रधानमन्त्री बनाएपछि दाहालले सरकारको मुटु नै प्रत्यारोपण गरे : ओली

आफूले प्रधानमन्त्री बनाएपछि दाहालले सरकारको मुटु नै प्रत्यारोपण गरे : ओली

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले प्रधानमन्त्री बनाएपछि पुष्पकमल दाहाल (प्रचण्ड)ले दुई महिनामै सरकारको मुटु प्रत्यारोपण गरेको बताएका छन्। 

प्रतिनिधिसभाको आइतबारको बैठकमा उनले भने ‘जनआकांक्षाको सम्बोधन र सरकारको गन्तव्य नै मार्गचित्र नै नीति तथा कार्यक्रम हो। एमालेको निर्णायक पहलमा सात दलको प्रधानमन्त्रीको प्रस्तावमा नियुक्त हुनुभएको प्रधानमन्त्रीज्यू। भलै दुई महिना नपुग्दै सरकारको मुटु प्रत्यारोपणतिर लाग्नुभयो। मुटु प्रत्यारोपण भइसकेपछि नेतृत्व उहाँकै भएकाले नीति तथा कार्यक्रमको समर्थन गर्ने प्रयासका साथ मैले सुने र पढे। तर, नीति कार्यक्रम के उद्देश्य र गन्तव्यको लागि आएको छ ?  मैले पहिल्याउने कोशिस गरे। तर, त्यस्तो छैन।’

जनताले नीति तथा कार्यक्रमकै आधारमा सरकार गन्तव्य बुझ्ने गरेको उल्लेख गर्दैँ उनले सरकारले मुलुकको आर्थिक भार उठाउन नसकेको चर्चा गरे। अध्यक्ष ओलीले खर्च व्यवस्थापन समेत गर्न नसक्ने अवस्थामा सरकार पुगेको दावी पनि गरेका छन्। 

Logo