धर्मको नाममा रोटी सेकाउने प्रवृति बढ्दैछ : सांसद केसी

धर्मको नाममा रोटी सेकाउने प्रवृति बढ्दैछ : सांसद केसी

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले अहिले हिन्दू धर्मको नाममा राजनीतिक रोटी सेकाउने प्रवृत्ति बढ्दै गएको बताएका छन्।

आइतबार प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै सांसद केसीले धर्मको नारा लगाएर राजनीतिक रोटी सेकाउने र इसाई धर्मलाई हतियार बनाएर आफ्नो दूनो सोझ्याउने काम भइरहेको विषय एकदम गम्भीर भएको बताए। 

उनले भने,‘अहिले हिन्दू धर्मको नारा लगाएर राजनीतिक रोटी सेकाउने अर्को तिर इसाई धर्मलाई हतियार बनाएर आफ्नो दूनो सोझ्याउने, बौद्ध धर्मलाई हतियार बनाएर आफ्नो राजनीतिक दूनो सोझ्याउने कुरा देखिएको छ। यो एकदमै गम्भीर कुरा हो।’सांसद केसीले धर्मको आडमा भइरहेको गतिविधिलाई रोक्न आवश्यक भएको समेत उल्लेख गरे।  

Skip This
Skip This
Logo