नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममा उद्देश्य र गन्तव्यविहीन भएको बताएका छन्। आइतबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा आफ्नो धारणा राख्दै कार्यक्रममा कसरी अघि बढ्ने भन्ने मार्गचित्र नै नभएको बताए।
उनले भने ‘नीति तथा कार्यक्रमको उदेश्य र गन्तव्य छैन। कसरी जाने मार्गचित्र छैन। सर्वत्र शून्य नीतिको अवस्था छ। अहिलेको सरकारको नीति के हो भने शून्य नीति हो। यस्तो नीति तथा कार्यक्रमले देशलाई स्थायीत्व दिन सक्दैन। राष्ट्रलाई अग्रगमनको बाटोमा लान सक्दैन्। देश र जनताले भोगिरहेका समस्यालाई समाधान गर्न सक्दैन। ’
अध्यक्ष ओलीले देशको वास्तविक अवस्थाबारे सदन र नेपाली जनतालाई जानकारी गराउन नसक्नु सरकारको लजास्पद काम भएको आरोप पनि लगाए।





























प्रतिक्रिया