गठबन्धन सरकारले देशको अर्थतन्त्रलाई संकटको डिलमा पुर्‍यायो : ओली

गठबन्धन सरकारले देशको अर्थतन्त्रलाई संकटको डिलमा पुर्‍यायो : ओली

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारले मुलुकको अर्थतन्त्रलाई संकटको डिलमा पुर्‍याएको आरोप लगाएका छन्। 

सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिदै अध्यक्ष ओलीले विश्वको तीब्र आर्थिक विकास गर्ने १० वटा देश भित्र पुगेको नेपाललाई नागपासा खेले झैँ तल झारिएको आरोप लगाए। 

उनले भने ‘कति छिट्टै तपाईहरुले विश्वको तीव्र आर्थिक विकास गर्ने १० वटा देश भित्र पुगेको नेपाललाई नागपासा खेले झैँ ९९ सयबाट २ मा कसरी झार्नु भो? नेकपा एमालेलाई विस्थापन गरेर बनेको काँग्रेस र माओवादीसहित गठबन्धन सरकार नै हाम्रो अर्थतन्त्रलाई संकटको डिलमा पुर्‍याउने प्रमुख कारण हो। प्रधानमन्त्री ज्यूलाई लाग्या होला यो सरकार राम्रो छ भनेर भनिदिए हुन्थ्यो भनेर तर तथ्याँकको आधारले त्यस्तो बोल्दैन। हामी कसरी समर्थन गरौँ। ’ 

Skip This
Skip This
Logo