नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजश्व संकलनमा सरकारले अन्तर्राष्ट्रिय समुदाय गुहार्न मिल्छ? भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरेका छन्।
आइतबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिदै एमाले अध्यक्ष ओलीले सरकार प्रमुखले राजश्व संकलनमा कठिनाई भएको कुरा दातृ समुदायसंग राख्न मिल्छ भन्दै प्रश्न पनि गरेका छन्।
ओलीले भने, ‘सरकार प्रमुखले दातृ समदायसँगको ब्रिफिङमा राजश्व संकलन कठिनाइ भएको कुरा उल्लेख गर्न मिल्छ? राजश्व संकलन गर्न पनि सरकारले अन्तर्राष्ट्रिय समुदाय गुहार्न मिल्छ? राजश्व उठाउने अनिवार्य प्राथमिक कर्तव्य सरकारको होइन र? त्यही असफलताको दस्तावेजका रूपमा नीति कार्यक्रम आएको छ, प्रधानमन्त्रीज्यूबाट कूटनीतिक समुदाय समक्ष भएको प्रस्तुतिलाई सही भन्ने कि, राष्ट्रपतिले प्रस्तुत गरेको नीति, कार्यक्रमको विवरणलाई सही भन्ने ? फरकफरक छन् विवरण?’ लक्ष्यअनुरूप राजश्व उठाउन समस्या भइरहेको बताएको भन्दै अध्यक्ष ओलीले यस्तो प्रश्न गरेका हुन्।































प्रतिक्रिया