प्रचण्डलाई ओलीकाे कटाक्षः ‘व्यक्ति अनुकुल विचार फेर्नेले राष्ट्रको नेतृत्व गर्न सक्दैन’

प्रचण्डलाई ओलीकाे कटाक्षः ‘व्यक्ति अनुकुल विचार फेर्नेले राष्ट्रको नेतृत्व गर्न सक्दैन’

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो विचार व्यक्ति अनुकुल प्रस्तुत गर्ने मान्छेले राष्ट्रको नेतृत्व गर्न नसक्ने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई व्यङ्ग्य कसेका छन् । 

आईतवार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले व्यक्ति अनुसार कुरा गर्ने मान्छेले राष्ट्र लिड गर्न नसक्ने भन्दै यो प्रवृत्तिले लोकतन्त्रलाई सुदृढ र संविधानको रक्षामा योगदान गर्न नसक्ने बताएका हुन् । 

उनले भने, ‘आफ्नो विचार प्रस्तुत गर्न नसक्ने जो मान्छेको अगाडि छ त्यही अनुकुल कुरा गर्ने मान्छेले राष्ट्र लिड गर्न सक्दैन् । यस प्रवृत्तिले नीति तथा कार्यक्रमको प्रारम्भमा भनिए जस्तो लोकतन्त्रलाई सुदृढ गरेको छैन् । संविधानको रक्षामा योगदान गरेको छैन् । अन्तर्राष्ट्रिय प्रतिष्ठा बढाउने छैन् र नेकपा एमालेको सरकारले प्रारम्भ गरेको समृद्धिको आधार भत्काएको छ, मुलुकलाई अस्थिरतामा लगेको छ ।’ 

उनले सरकारको तर्फबाट आएको भाषण, सरकारले सिंहदरबारमा गर्ने निर्णय, मन्त्रीहरुले दिने अभिव्यक्ति सरकारको तर्फबाट सदनमा अर्थमन्त्रीले पेश गरेको दस्तावेज र राष्ट्रपतिले सदनमा प्रस्तुत गरेको दस्तावेज फरक फरक भएपछि सदनप्रति आशंका पैदा भएको बताए । 

निर्वाचनका क्रममा जनता समक्ष प्रस्तुत भएका घोषणा पत्र परिवर्तन गर्ने दुई महिना पनि नपुग्दै कोर्ष परिवर्तन गर्ने पटक पटक पोजिसन र मुख फेर्नलाई गतिशील ठान्ने प्रधानमन्त्रीको नीतिले देशलाई चरम अस्थिरताको भासमा पु-याएको पनि अध्यक्ष ओलीको टिप्पणी थियो । 

Skip This
Skip This
Logo