नेपाली महिलाको योगदान विना देश परिवर्तन सम्भव थिएनः प्रधानमन्त्री प्रचण्ड

नेपाली महिलाको योगदान विना देश परिवर्तन सम्भव थिएनः प्रधानमन्त्री प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली महिलाहरुको योगदान विना देश परिवर्तनको उचाईमा पुग्न सम्भव नभएको बताएका छन् । 

आइतवार विहान अखिल नेपाल महिला संघ (क्रान्तिकारी) केन्द्रीय समितिद्धारा आयोजित राष्ट्रिय परिषदको प्रथम बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाली महिलाहरुले क्रान्तिकारी आन्दोलनमा अभूतपूर्व कीर्तिमानसहितको योगदान नगरेको भए देशको परिवर्तन सम्भव नभएको बताएका हुन् । 

उनले नेपाली महिलाको उल्लेखनीय सहभागितामा भएको जनक्रान्तिको बलमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै जनतालाई थप अधिकार सम्पन्न गराउन एकतावद्ध हुनुपर्ने बताए । 

प्रधानमन्त्री प्रचण्डले देशमा ठूलो राजनीतिक परिवर्तनका बाहक नेपाली श्रमजीवी महिला रहेको भन्दै माओवादी क्रान्तिकारीहरु एकतावद्ध भएर अघि बढ्न सके फेरि ०६४ साल कै अवस्थामा पुग्न सक्ने स्पष्ट पारेका छन् । 

Logo