जनता समाजवादी पार्टीका सांसद राजकिशोर यादवले सरकारकाे नीति तथा कार्यक्रम ‘कन्फ्युजन’को सञ्जाल भएको टिप्पणी गरेका छन् ।
सोमबार नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा संसदमा बोल्दै सांसद यादवले नीति तथा कार्यक्रमले अहिलेको यथार्थलाई सम्बोधन गर्न नसकेको दाबी गरेका हुन् ।
उनले भने, ‘नीति तथा कार्यक्रम आफैंमा ‘कन्फ्युजन’को सञ्जाल जस्तो भएको छ । आजको यथार्थ के भन्नेमा स्पष्ट हुनुपर्छ । समस्याहरु के–के हुन् भन्नेमा उपचार गर्न लाग्नुपर्छ । यहीँबाट हामीले यात्रा तय गर्न सक्नुपर्छ । पोलिसीमा डिपाचार नगर्ने, कामहरु टालटुल पाराले गर्ने, अनि नयाँ नेपाल बनाउँछु भनेर गफ गरेर हुँदैन ।’
अहिलेको विश्व अर्थ राजनीतिमा देखा परेका समस्या समाधान गर्न सबै सचेत हुनुपर्ने उनको भनाई छ ।































प्रतिक्रिया