लम्पी स्किन रोगले गाईहरु मरिरहेको सरकारले देखेन -सांसद बर्तौला

लम्पी स्किन रोगले गाईहरु मरिरहेको सरकारले देखेन -सांसद बर्तौला

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका सांसद महेश बर्तौलाले गाई पालक किसानहरुलाई राहत प्रदान गर्न सरकारसंग माग गरेका छन् । 

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा उनले यो विषयमा पटक पटक संसदमा कुरा उठ्दा पनि सरकारले वेवास्था गरेको गुनासो गरे । 

सांसद वर्तौलाले भने, ‘यदि सरकारको आँखा र कान छ भने यो सदनमा पटक पटक लम्पी स्किनका बारेमा विषय राखेका छौं । तर मकवानपुरमा २०० भन्दा गाईहरु मरिसके ५ हजार भन्दा बढी गाईहरु संक्रमित छन् । पटक पटक भनियो सरकार सुन्दैन् । सरकार देख्दैन् किसानहरुलाई राहत प्रदान गर्न म आग्रह गर्न चाहान्छु ।’

Skip This
Skip This
Logo