भ्रष्टाचारीलाई कारवाही नगरे संसद चल्न दिँदैनौँः ज्ञानेन्द्र शाही

भ्रष्टाचारीलाई कारवाही नगरे संसद चल्न दिँदैनौँः ज्ञानेन्द्र शाही

केन्द्रबिन्दु
0
Shares

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले भ्रष्टाचारका सबै फाइल खोलेर छानबिन गरेर कारबाही प्रक्रिया अघि बढाउन माग गरेका छन् । 

बुधबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समय बोल्दै सांसद शाहीले अख्तियारमा भ्रष्टाचारको फाइलमा धुलो लागेर बसेकाले अब ती फाइल खोलेर छानबिन गरी कारबाही प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका हुन् । 

कर्णालीको विकासका लागि पैसा नभएको जवाफ दिने सरकारले ती भ्रष्टाचारको फाइल खोलेर दोषीबाट पैसा असुलेर राज्यको कोषमा दाखिला गर्नुपर्ने उनको भनाइ छ । यदी भ्रष्टाचारको सबै फाइल खोलेर छानबिन र कारबाही प्रक्रिया अघि नबढाए सदन र सडकबाट संघर्ष गर्ने भन्दै सांसद शाहीले सदन पनि चल्न नदिने चेतावनी दिए । 

‘कर्णालीतिर सडक बनाईदिनुप-यो भन्दा पैसा छैन भन्छ सरकारले तर, अरबौंको भ्रष्टाचारको फाईलमा धुलो लागिसक्यो कारवाही हुँदैन । त्यसैले गृह मन्त्रीलाई आग्रह छ । फाईलहरुमा ढुटो लागिसक्यो कारवाही गर्न कसले रोकेको छ नाम सार्वजनिक गर्नुहोस् । नत्र सडक र सदन दुवै ठाउँबाट आन्दोलन हुन्छ सदन चल्दैन, आन्दोलन राज्यले थेग्न सक्दैन ।’ उनले भने ।  

Logo