हजमा जाने नेपाली मुसलमानका लागि बसोवासको व्यवस्था मिलाउन सांसद कार्कीको माग

हजमा जाने नेपाली मुसलमानका लागि बसोवासको व्यवस्था मिलाउन सांसद कार्कीको माग

केन्द्रबिन्दु
0
Shares

सांसद ज्ञानेन्द्रबहादुर कार्कीले हज गर्न जाने मुस्लिम धर्मावलम्बी नेपालीहरुकालागि मक्का मदिनामा बसोवासको व्यवस्था मिलाउन सरकारसंग माग गरेका छन्। बुधबारको प्रतिनिधिसभा बैठकमा सांसद कार्कीले यसपटकको हजयात्रादेखि नै बसोवासको व्यवस्था मिलाउन माग गरेका हुन्।

उनले भने‘मुस्लिम धर्मावलम्वीहरुको धार्मिक मान्यता अनुसार जीवनको एकपटक हज यात्रामा मक्का मदिना ईदुल अझाको यात्रा गर्दैछन्। उनीहरुको यात्रामा कठिनाई छ। उनीहरुको समस्याको समाधान गर्न र मक्का मदिनामा उहाँहरुको बसाईलाई समुचित प्रवर्द्धन  गर्नको लागि सरकारसंग आग्रह गर्दछु।’

Skip This
Skip This
Logo