सांसद पूर्णबहादुर घर्तीले नीति तथा कार्यक्रम कपी पेष्ट हो भने विरोध किन भन्ने प्रश्न गरेका छन् ।
सरकारको नीति तथा कार्यक्रममाथि बुधबार प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै नेकपा माओवादी केन्द्रका सांसद घर्तीले कार्यक्रम कपी पेष्ट हो भने जसकाे कपी पेष्ट गरिएको हो उसैको कार्यक्रम नै हुन पुगेको बताएका हुन् ।
उनले भने, ‘प्रमुख प्रतिपक्ष दलका नेताले भन्नु भयो कि सरकारको नीति तथा कार्यक्रम चिट चोरेको खालि कागजको खोस्टा जस्तो छ भनेर, कतिपयले कम्प्युटरबाट कपि गरेको भन्नु भयो । मै बुझ्न नसकेको कुरा कहाँ हो भने चिट चोरेको कस्को एमालेको, कम्युटर कपि पेष्ट गरेको कस्को ? एमालेको यसरि एमालेको चिट चोरेको हो भने त यो एमाले कै भयो नी त । विरोध गर्नुपर्ने आवश्यक नै छैन् । कथित जनयुद्ध भनेको के हो ? यो त कुनै तानाशाहीहरुले भने जस्तै भयो ।’































प्रतिक्रिया