हरि बुढामगरको विश्वकीर्तिमान आरोहणको क्षेत्रमा प्रेरणादायी बन्नेछ : सभामुख घिमिरे

हरि बुढामगरको विश्वकीर्तिमान आरोहणको क्षेत्रमा प्रेरणादायी बन्नेछ : सभामुख घिमिरे

केन्द्रबिन्दु
0
Shares

सभामुख देवराज घिमिरेले सगरमाथाको सफल आरोण गरेर हरि बुढामगरले कामय गरेको विश्वकीर्तिमान आरोहणको क्षेत्रमा प्रेरणा बन्ने बताएका छन्। 

बालुवाटारस्थित सभामुखको सरकारी निवासमा बिहीबार आरोही बुढामगरलाई स्वागत र सम्मान गर्दै सभामुख घिमिरेले बुढामगरले नेपाल र नेपालीलाई विश्वभर चिनाएको भन्दै प्रशंसा गरेका छन्। 

‘तपाईं प्रेरणादायी व्यक्तिको सूचीमा विश्वमै कहलिनुभएको छ। तपाईंको प्रेरणाको कथा हरेक बालबालिकासम्म पु-याउनुपर्छ। नेपालीले तपाईंप्रति गौरव गरिरहनेछन्,’ उनले भने। 

दुवै खुट्टा नभएर पनि विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका बुढामगरलाई सभामुख  घिमिरे र उपसभामुख इन्दिरा रानाले सम्मान गरेका हुन्। 

उपसभामुख रानाले बुढामगरलाई सर्वश्रेष्ठ मानवको संज्ञा दिँदै आगामी दिनमा पनि आफ्नो यात्रालाई निरन्तरता दिन प्रेरणा प्रदान गरे। कार्यक्रममा सांसदहरु महेश बर्तौला र ईश्वरी जीएमले बुढामगरलाई बधाई दिए। 

Skip This
Skip This
Logo