जलहरीका बारेमा प्रधानमन्त्री प्रचण्डले बोल्ने सहमति, शनिवारकाे संसद अवरुद्ध नहुने

जलहरीका बारेमा प्रधानमन्त्री प्रचण्डले बोल्ने सहमति, शनिवारकाे संसद अवरुद्ध नहुने

केन्द्रबिन्दु
0
Shares

पशुपतिनाथ मन्दिरमा चढाइएको जलहरीका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले सम्बोधन गर्ने भएका छन्। 

सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा प्रमुख दलका शिर्ष नेतासँग भएको छलफलमा सो सहमति भएको हो। सो सहमतिसँगै अवरुद्ध संसद आजबाट खुल्ने भएको छ। ‘भ्रम सिर्जना हुने गरी तथ्यहिन र आधारहीन अभिव्यक्ति दिनु गलत भएकाले संसदकाे रेकर्डबाट साे हटाइने छ र यसलाई गलत भनेरै जानुपर्छ भन्नेमा तीन शिर्ष नेता बिच सहमति भएको छ,’ एमाले सचेतक पदम गिरीले भने, ‘सो सहमतिसँगै आज संसद खुल्ने भएको छ।’

पशुपतिनाथमा चढाइएको जलहरीमा अनियमितता भएको भन्दै नेकपा माओवादी केन्द्रका सांसद राजन दाहालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नाम लिए पछि एमालेले हिजो संसद अवरुद्ध गरेको थियो। सो अभिब्यक्तिलाई लिएर माओवादीले माफी माग्नु पर्ने अथवा सो बारेमा छानबिन गरे‘सुन हो कि पित्तल’ छुटाउनु पर्ने अडान राखे पछि हिजो संसद चल्न सकेको थिएन्।

पशुपतिमा चढाईएको सुनमध्ये ११ किलो हराए पछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको बेला माओवादी सांसद दाहालले सो बिषयलाई एकाएक संसदमा प्रवेश गराएपछि स्थीति असामान्य बन्न पुगेको थियाे। सांसद दाहालले दिएको अभिब्यक्ति गैर जिम्मेवार भन्ने निष्कर्ष पछि सो अभिब्यक्ति संसदको रेकर्ड बाट समेत हटाउने सहमति भएको छ। 

Skip This
Skip This
Logo