नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पूर्व राजा ज्ञानेन्द्र शाह राजतन्त्र फिर्ताको लागि मन्दिरमा पूजा गर्दै हिँडेको टिप्पणी गरेका छन् ।
शनिवार काठमाडौंमा आयोजित १५औं गणतन्त्र दिवसः उपलब्धि र रक्षा, नक्कली भुटानी शरणार्थी प्रकरणलगायतका समसामायिक विषयमा विशेष अन्तर संवाद कार्यक्रममा पूर्वप्रधानमन्त्री खनालले शाहले गरिरहेको अभ्यासले फेरि हिजोको गल्ती फिर्ता नआउने बताएका हुन् ।
उनले राजतन्त्र फिर्ता आउने शाहको सपना सपनामा मात्र सीमित हुने दावी पनि गरे । शाहलाई बरु राप्रपाको अध्यक्ष बनेर संसदमा आएर आफ्ना कुरा राख्न उनले सुझाव दिए ।
उनले भने, ‘अहिले पूर्व राजा ज्ञानेन्द्र शाह विभिन्न ठाउँमा हिडिरहेका छन् । हिड्नुहोस् राजा नि भन्दिन् ज्ञानेन्द्र हो । के मा भन्दा मन्दिर मन्दिरमा हिँड्दैछन् । त्यहाँ जादा मानिसहरुसँग भेट हुन्छ । ती मानिसहरुको भावनाको उपयोग गर्न जान्छन् । यी सबै कुराको अभ्यास त गर्नुहोस् ज्ञानेन्द्र जी तर यसबाट फेरि हिजोको गल्ति फिर्ता आउँछ भन्ने सपना देखेको छ भने दिउँसै आकाशतिर हेरेर देखेको सपना सपना मात्र हुन्छ । यो प्राप्त हुँदैन बरु पार्टी खोल्नुहोस् राप्रपाको अध्यक्ष बनेर सांसदमा आउनुहोस् । आफ्नो कुरा राख्नुहोस् । मन्दिरमा गएर पूजा गरेर राजतन्त्र कुनै हालतले फर्किँदैन ।’
पूर्वप्रधानमन्त्री खनालले अहिलेको लोकतन्त्र र गणतन्त्रबाट जनतालाई कुनै खतरा नरहेको बताए ।































प्रतिक्रिया