संसद्को रेकर्ड हटाएको प्रति काँग्रेस नेता कोइरालाको आपत्ति

संसद्को रेकर्ड हटाएको प्रति काँग्रेस नेता कोइरालाको आपत्ति

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसका नेता शेखर कोइरालाले संसदमा उठेको शङ्कास्पद अनिमियतासम्बन्धी रेकर्ड हटाएको प्रति आपत्ति जनाएका छन्। नेता कोइरालाले सामाजिक सञ्जालमार्फत विगतका अनियमितता कति दिन ढाक्न सकिएला यस्तो आपत्ति जनाएका हुन्।

उनले फेसबुकमा लेखेका छन्, ‘कस्तो विडम्बना १ संसदमा कुनै माननीय सदस्यले कुनै शङ्कास्पद अनिमियता सम्बन्धी विषय उठाउने, दलका शीर्ष नेता बसेर त्यो अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सहमति गर्ने र संसद सचिवालयले सोही अनुरूप कार्य गर्ने । सांसदका हरेक अभिव्यक्ति तार्किक निष्कर्षमा पुग्नुपर्नेमा त्यसो गर्न नदिँदैमा विगतका अनिमियता कति दिन ढाक्न सकिएला र ? हामी हाम्रो सांसदको गरिमालाई कता लैजादैछौँ ? के हाम्रो संसदले संविधानले दिएको अधिकार स्वतन्त्र रूपमा उपभोग पनि गर्न नपाउने हो ? संसद्को रेकर्डबाट त नेताका सहमतिमा केही कुरा हट्ला तर यो देशमा आम जनता, नागरिक समाज तथा सञ्चार जगत पनि छन भन्ने कुरा बुझौँ।’

 

Skip This
Skip This
Logo