राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले सरकारले ल्याएको बजेट विश्वास गर्न कठिन रहेको टिप्पणी गरेका छन् ।
सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गरेपछि संचारकर्मीहरुसँग कुराकानी गर्दै सांसद वाग्लेले १५ सय ५० अर्ब नाघ्दैन भनेको बजेट २ सय अर्ब थपिएर ल्याईएको भन्दै त्यसले अविश्वासको विऊ रोपेको टिप्पणी गरेका हुन् ।
उनले भने, ‘१७ सय ५१ अर्बको बजेट ल्याईएको छ । पहिला १७ सय ९१ अर्बको बजेट ल्याईएको थियो । यो हावादारी भयो भनेर अर्थमन्त्रालय नै केहि महिना अगाडी १५ सय ५० अर्ब नाघ्दैन भनेको अवस्थामा अहिले २ सय अर्ब थपिएर बजेट ल्याईयो त्यसले सुरुमा नै अविश्वासको बिऊ रोपेको छ ।’





























प्रतिक्रिया