नेकपाको स्थायी कमिटी बैठक आज बस्ने

नेकपाको स्थायी कमिटी बैठक आज बस्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

यस अघि ४ पटक स्थगित भएको नेकपाको स्थायी कमिटी बैठक आज बस्ने तालिका छ ।

पार्टी भित्र प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग लगायतका विषयले नेकपामा आन्तरिक विवाद बढेको छ । जसका कारण बैठक स्थगित हुँदै आएको छ ।

पछिल्लो पटक असार १७ गते बैठक बसेको थियो । असार २५ पछि स्थगित स्थायी कमिटी बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ । यो अवधिमा अध्यक्षद्वय लगायत अन्य शीर्ष नेताहरुले समस्या समाधानका लागि पटक पटक सहमतिको प्रयास गरे पनि निष्कर्ष निस्किएको छैन ।

यसरी स्थगित बैठक आज बस्न लागेपछि यसको चासो सबैतिर छ । अबका दिनमा नेकपा कसरी अघि बढ्ला भन्ने विषयले अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चर्चा पाएको हो । आजको बैठकले केहि नयाँ निर्णय गर्ला भन्ने अपेक्षा गरिएको छ ।

Skip This
Skip This
Logo