भारतको नक्सामा कपिलवस्तु र लुम्बिनी राखिएको विषय सरकारको नोटिसमा छः मन्त्री बस्नेत

भारतको नक्सामा कपिलवस्तु र लुम्बिनी राखिएको विषय सरकारको नोटिसमा छः मन्त्री बस्नेत

केन्द्रबिन्दु
24
Shares

ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले भारतीय संसद भवनमा राखेको भारतको नक्सामा नेपालको कपिलवस्तु र लुम्बिनी राखेको नेपाल सरकारको नोटिसमा रहेको जानकारी दिएका छन्। 

मंगलबार बसेको संसदको पूर्वाधार समितिको बैठकमा मन्त्री बस्नेतले भारतको नक्सामा नेपालको कपिलवस्तु र लुम्बिनी पनि राखिएको विषयबारे बुझ्न बाँकी रहेको जानकारी दिएका हुन् । तर, सरकारले नोटिस भने गरिसकेको उनको भनाइ छ। 

बैठकमा समिति सदस्यले राखेको प्रश्नको जवाफमा मन्त्री बस्नेतले सो बताएका हुन्। समिति सदस्यहरुले भारतको नक्सामा नेपालको लुम्बिनी, कपिलवस्तु, विराटनगर राखिएको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै यसबारे स्पष्ट पार्न अनुरोध गरेका थिए । 

Skip This
Skip This
Logo