रेशम चौधरीको रिहाईले गणतन्त्रलाई हेर्ने नजर फेरियोः प्रदीप ज्ञवाली

रेशम चौधरीको रिहाईले गणतन्त्रलाई हेर्ने नजर फेरियोः प्रदीप ज्ञवाली

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका सचिव प्रदीपकुमार ज्ञवालीले रेशम चौधरीको रिहाईले पीडित परिवारले गणतन्त्रलाई हेर्ने नजर असन्तुष्टजनक भएको बताएका छन् । 

मंगलवार गणतन्त्र दिवसको सन्दर्भमा आयोजित अन्तर्क्रिया कार्यक्रममा बोल्दै सचिव ज्ञवालीले भ्रष्टचारीलाई जेलको कठघरामा ल्याउनुपर्ने बताएका हुन् । 

‘रेशम चौधरी रिहा हुनुभयो हिजो मात्र तर हामीले गणतन्त्र दिवस मनाईरहँदा भालाले रोपेर मारीएको ती परिवारका आफन्त र टुहुरा बच्चामा गणतन्त्रमाथि नै अशन्तुष्ट भयो होला । भ्रष्टाचारीलाई जेलको कठघरामा ल्याउन पर्छ ।’ उनले भने, ‘गणतन्त्र कुनै भ्रष्टाचारलाई जोगाउने खास्टो बन्न सक्दैन । देशको उच्च पदमा रहेका मानीसहरु आफ्नै देशका नागरिकलाई अनागरिक बनाएर शरणार्थी बनाउँन गृह मन्त्रालयमा बसेर प्रतिवेदन साटफेर गरेर यस्तो काम गर्ने भ्रष्टाचारको विषयमा डर लाग्दो कुरा हो ।’

सचिव ज्ञवालीले एमाले भ्रष्टाचारको काण्डमा अनुसन्धान गर्न सधैँ अगाडि बढ्न तयार भएको बताए । आफ्नै पार्टीको नेता परेको छ भने पनि जुन औंलामा विष लागेको छ त्यही काटेर फालिन्छ तर सिङ्गो शरिर समाप्त हुन दिन नसक्ने उनको भनाई छ । 

Skip This
Skip This
Logo