भारत भ्रमणमा ईपीजी प्रतिवेदनमा जोड दिन प्रधानमन्त्रीलाई शङ्कर पोखरेलको सुझाव

भारत भ्रमणमा ईपीजी प्रतिवेदनमा जोड दिन प्रधानमन्त्रीलाई शङ्कर पोखरेलको सुझाव

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्रीलाई भारत भ्रमणका क्रममा इपीजी प्रतिवेदन कार्यान्वयनमा जोड दिन सुझाव दिएका छन् ।

एमाले सम्पर्क समन्वय समितिद्धारा च्यासलमा प्रधानमन्त्रीको भारत भ्रमण र नेपालको राष्ट्रिय सरोकारका विषयबारे छलफलमा महासचिव पोखरेलले ईपीजी प्रतिवेदनको कार्यान्वयनका निम्ति दबाब सृजना गर्न आवश्यक रहेको बताएका हुन् । 

उनले भने, ‘ईपिजिको प्रतिवेदन बुझ्ने र त्यसलाई कार्यन्वयन गर्ने प्रक्रियामा नेपालको तर्फबाट विषेश जोड हुनुपर्दछ । नेपालको हितको सर्वाधिक महत्वको विषय ईपिजिको प्रतिवेदनलाई औपचारीक दिने, त्यसको आधारमा नयाँ सम्बन्ध कायम गर्ने र दुई राष्ट्रबीचको छलफलका लागि प्रतिवेदन नबुझेको कारणले नै समस्या उत्पन्न भएको छ । त्यसैले प्रतिवेदन बुझाउने भारतलाई दबाब सृजना गर्नुपर्छ ।’

जलस्रोतको विकासका विषयमा नेपालको आफ्नो राष्ट्रिय नीतिलाई केन्द्र विन्दुमा राखेर दुई पक्ष बसेर छलफल गर्न समेत महासचिव पोखरेलले आग्रह गरे । उनले चुरे क्षेत्रबाट निर्माण सामग्री भारत निर्यात गर्ने काम नगर्न र भूकम्पपछि भारतसँग सम्झौता गरिएका पुनर्निर्माणका कामहरु सम्पन्न गराउने विषयमा पनि भारतसँग प्रधानमन्त्रीले छलफल गर्नुपर्ने टिप्पणी गरे । 

Skip This
Skip This
Logo