प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान

प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिने भारत भ्रमणका लागि प्रस्थान गरेका छन्। 

बुधबार अपरान्ह प्रधानमन्त्री प्रचण्ड नेपाल एयरलाइन्सको नियमित उडानबाट भारतको नयाँदिल्लीतर्फ प्रस्थान गरेका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रीहरूले विदाइ गरेका थिए । 

प्रधानमन्त्रीका रूपमा प्रचण्डको यो चौथो भारत भ्रमण हो । उनीसँगै परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासहित सरकारी प्रतिनिधिमण्डल पनि भारत भ्रमणमा गएका छन् ।

नयाँदिल्लीमा आज साँझ केही महत्त्वपूर्ण भेटवार्ताको कार्यक्रम तय भएको बताइएको छ । परराष्ट्र मन्त्रालयले दिएको जानकारीअनुसार जेठ १८ गते प्रधानमन्त्री प्रचण्ड र उनका भारतीय समकक्षी मोदीबीच हैदरावाद हाउसमा उच्चस्तरीय भेटवार्ता हुनेछ । दुई देशका प्रधानमन्त्रीको भेटवार्तापछि संयुक्त पत्रकार सम्मेलन आयोजना गर्ने कार्यतालिका तय भएको छ ।

प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान

भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतका राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनखडसँग पनि शिष्टाचार भेटवार्ता गर्नेछन् । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको टोली यही जेठ २० गते स्वदेश फर्किने कार्यक्रम छ ।

Skip This
Skip This
Logo