राष्ट्रपतिले राष्ट्रप्रति घात गरेको अधिवक्ता नेपालको आरोप

राष्ट्रपतिले राष्ट्रप्रति घात गरेको अधिवक्ता नेपालको आरोप

केन्द्रबिन्दु
0
Shares

अधिवक्ता स्वागत नेपालले राष्ट्रपतिले राष्ट्रप्रति घात गरेको आरोप लगाएका छन् । 

नागरिकता विधेयक प्रमाणीकरण गरेकोमा विरोध गर्दै अधिवक्ता नेपालले राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक दुर्घटना निम्तिने काम गरेको दावी गरेका हुन् । 

उनले भने, ‘नागरिकता विधेयक प्रमाणीकरण शवदाह गरेको ठाउँबाट व्युँतिएर आएको छ । यो ऐतिहासिक दुर्घटना निम्त्याउने गरि गरिएको काम हो  । ऐतिहासिकता राष्ट्रको आागमनमा साँझ परेको छ । राष्ट्रपति भनिएको राष्ट्रघाती एकजना व्यक्ति छन् । तिनी मात्र हैन यसलाई स्वीकार्ने सबैजनाले यसको दुर्भाग्यता व्यहोर्नुपर्छ । यसलाई छलफल समेत नगराई चोर बाटोबाट ल्याउने काम गरियो ।’  

Skip This
Skip This
Logo