राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतम विवाह बन्धनमा बाँधिएकी छन् । प्रेमी गृहेन्द्र घिमिरेसँग उनले लगनगाँठो कसेकी हुन् ।
हालै भक्तपुरको कमेरेटारस्थित सोबिताको माइतीघरमा आयोजित धार्मिक अनुष्ठानकै अवसरमा लामोसमयको प्रेम सम्बन्धलाई उनीहरुले विवाहमा परिणत गरेका हुन् । चितवन घर भएका गृहेन्द्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका भाञ्जा पर्छन् ।
विवाहपश्चात दुवैजना जापान भ्रमणमा निस्केका छन् ।
२८ वर्षिया सोविता गत मंसिरमा भएको आमनिर्वाचनमा प्रतिनिधिसभा सदस्यकाे प्रत्यक्षतर्फ काठमाडौं -२ बाट विजयी भएकी हुन् । उनले प्रतिनिधिसभामा प्रभावशाली भूमिका खेल्दै आएकी छन् । रास्वपाको बौद्धिक र जुझारु युवा अनुहारमा गनिने उनी कानूनकी विद्यार्थी पनि हुन् ।































प्रतिक्रिया