नेकपा विवाद : आजको बैठकमा माधव नेपाल पनि सहभागी

नेकपा विवाद : आजको बैठकमा माधव नेपाल पनि सहभागी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवाद मिलाउनका लगाउन शीर्ष नेताहरु पछिल्ला केहि हप्ता यता सक्रिय छन् । तर कुनै निष्कर्ष निस्कन सकेको छैन । आज पनि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डका साथै अर्का नेता माधव नेपालबीच छलफल चलिरहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बैठक भइरहेको हो । हिजोको बैठकमा प्रचण्डले माधव नेपालसहित बसेर सहमति गर्ने प्रस्ताव राखेपछि आज नेपालसहित बसेर बैठक शुरु भएको हो।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड बीच यस अघि १३ दिनमा ७ पटक बैठक बसिसकेको छ । तर कुनै निष्कर्ष निस्कन सकेको छैन । बुधवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साढे २ घण्टासम्म चलेको बैठक २ अध्यक्षबीचको बैठक विना निष्कर्ष टुंगिएको थियो ।

दुई पक्षबीच सहमति जुट्न नसक्दा गत असार १८ देखि स्थायी कमिटीको बैठक स्थगित हुँदै आएको छ । स्थायी कमिटीको अर्को बैठक साउन २ मा बस्दैछ ।

Skip This
Skip This
Logo