गेरु वस्त्रमा पूजा गरेको तस्बिरबारे प्रधानमन्त्रीको प्रष्टिकरण- ‘म मनदेखि नै धर्मनिरपेक्षवादी हो’

गेरु वस्त्रमा पूजा गरेको तस्बिरबारे प्रधानमन्त्रीको प्रष्टिकरण- ‘म मनदेखि नै धर्मनिरपेक्षवादी हो’

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू मनदेखि नै धर्मनिरपेक्षवादी भएको बताएका छन् । भारतको चारदिने औपचारिक भ्रमण पूरा गरी शनिबार साँझ स्वदेश फर्किएका प्रधानमन्त्री दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । 

भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार मध्यप्रदेशको महाकालेश्वर मन्दिरमा पूजा गरेका थिए । उनले पूजाको क्रममा ८ थान लगेज लगेको १०८ किलोग्रामका रुद्राक्षका दाना चढाएका थिए । त्यसपछि प्रधानमन्त्री दाहालले पहेँलो गेरु पहिरिएर पूजा गर्दै गरेको तस्बिर सार्वजनिक भएपछि विभिन्न टिकाटिप्पणी भएका थिए । 

सत्ता घटककै नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई प्रचण्डले पूजापाठ गरेको चित्त नबुझेपछि शनिवार सामाजिक सञ्जालमा लेखेका थिए,‘हामी कता जॉदैछौं ? देश कता जॉदैछ ?’ त्यसपछि सञ्चारकर्मीको जिज्ञासामा उनले आफू मनदेखि नै धर्मनिरपेक्षवादी भएको र हिन्दु, मुस्लिम, बौद्धलगायत सबै धर्मको सम्मान गर्ने बताएका हुन् ।

'गेरुबस्त्र मैले प्रटोकलअनुसार लगाएँ। त्यहाँ लगाउनैपर्ने रहेछ। नलगाएर अर्ब जनसंख्या भएको भारतीय नागरिकको सम्मानलाई ठेस पुर्‍याउने कुरा पनि भएन। यदि त्यसो गरेको भएँ, उहाँहरुको मनमा चिनसो पस्न सक्थ्यो। कस्तो प्रधानमन्त्री भन्नुहुन्थ्यो होला,' उनले भने। 'मुस्लिमको कार्यक्रममा जाँदा मैले उहाँहरूको टोपी पनि लगाएको छु। तपाइँहरूले पनि देख्नुभएको होला। तर कोहीकोहीलाई सधैं गेरुवस्त लगाएर हिँडिदिए नि हुन्थ्यो भन्ने छ। म सधैं गेरुवस्त्र लगाएर हिँड्दिनँ ।'

प्रधानमन्त्री प्रचण्डले गरे महाकालेश्वर मन्दिरमा पूजाअर्चना 

प्रचण्डको तस्बिर सेयर गर्दै बाबुरामको प्रश्न–देश कता जाँदैछ ?

Logo