नेपाल मजदुर किसान पार्टीले राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध जुलुस तथा धर्ना कार्यक्रम गरेको छ । आइतबार बिहान ९ बजे कोटेश्वरमा जम्मा भई जुलुस गरेर संघीय संसद् भवन नयाँ बानेश्वरमा धर्नामा बसेका हुन् ।
उनिहरुले नेपाली लेण्डूपहश्र मुर्दावाद,देशघाती नागरिकता विधेयक प्रमाणीकरण खारेज गर,बलात्कारीलाई फाँसि दे जस्ता प्ले कार्ड सहित जुलुस तथा धर्ना गरेको छन्।
यसअघि वैशाख १७ गते बसेको पार्टीको सचिवालयको बैठकले नागरिकता प्रमाणीकरण रद्द गर्न माग गरेको थियो। त्यस पछिबाट निरन्तर पार्टीले जिल्ला जिल्लामा विरोध कार्यक्रम गर्दै आएको छ।





























प्रतिक्रिया