नागरिकता विधेयकको गल्ती सच्याऔं,राष्ट्रपति मन्त्रिपरिषद्का कारिन्दा होइनन्ः अध्यक्ष लिङ्देन

नागरिकता विधेयकको गल्ती सच्याऔं,राष्ट्रपति मन्त्रिपरिषद्का कारिन्दा होइनन्ः अध्यक्ष लिङ्देन

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नागरिकता विधेयकमा गम्भीर गल्ती भएको औंल्याएका छन् । 

आइतबार प्रतिनिधिसभा बैठक सुरु हुनासाथ आफ्नो धारणा राख्दै राप्रपा अध्यक्ष एवं सांसद लिङ्देनले राष्ट्रपति मन्त्रिपरिषद्को कारिन्दा नभएको पनि प्रष्ट पारे । 

उनले भने, ‘चाँडो  भन्दा चाँडो नागरिकता ऐनमा संशोधन हुनुपर्छ भन्नेमा कसैको दुईमत छैन् । पछिल्लो दिनमा यस्तो समयमा जुन प्रकृयाबाट नागरिकता विधेयक प्रमाणीकरण गरियो त्यस्को राप्रपा घोर भत्र्सना गर्दछ । चाँडो भन्दा चाँडो यस्लाई  प्रकृयामा लगौं । यसमा कुनै प्रकारको ढिलाई नगरियोस र जुन गल्ती गरिएको छ त्यसलाई सच्याइयोस् । राष्ट्रपति मन्त्रिपरिषद्को कारिन्दा हैन । मन्त्रिपरिषद् आज्ञापालक हैन् । हामीले यसलाई जतिसुकै निष्क्रिय निष्पक्ष भनेता पनि अन्तत यो दलको निर्देशनमा चल्छ भनेका थियौं अहिले त्यही भयो ।’ 

राप्रपा अध्यक्ष लिङ्देनले भारत भ्रमणको दुई घण्टा अगाडि मात्र किन विधेयक प्रमाणीकरण गरियो भन्ने पनि प्रश्नले पनि धेरै आशंका जन्माएको बताए । 

Skip This
Skip This
Logo