सांसद भट्टराईको प्रश्न- मुलुकको जमिन साट्ने अधिकार प्रधानमन्त्रीलाई कसले दियो?

सांसद भट्टराईको प्रश्न- मुलुकको जमिन साट्ने अधिकार प्रधानमन्त्रीलाई कसले दियो?

केन्द्रबिन्दु
0
Shares

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता योगेश भट्टराईले मुलुकको जमिन साट्ने अधिकार कसैलाई नभएको बताएका छन् ।
 
सोमबार प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको बारेमा नेकपा एमालेको तर्फबाट धारणा राख्दै सांसद भट्टराईले लिपुलेक,कालापानी र लिम्पियाधुराको सट्टा बंगलादेशको बाटो माग्ने अधिकार प्रधानमन्त्री दाहाललाई कस्ले दियो भन्ने प्रश्न गरे । 

उनले भने ‘बंगलादेशसंगको फुलबारी नाकाको बाटो तत्कालीन भारतीय प्रधानमन्त्री आइके गुजराल आउँदा सहमति भइसकेको छ,कालापानी दिएर बंगलादेशसंगको बाटो लिने कुरा कहाँबाट आयो?,प्रधानमन्त्रीलाई कस्ले कालापानी साट्ने अधिकार दियो। भारतसंग अहिले भएका धेरै सहमति नेकपा एमाले सरकार हुँदा भएका हुन्,नयाँ के छ अहिले?’

Logo