सीमा समस्याबारे भारतीय प्रधानमन्त्रीसँग गम्भीर कुराकानी भएको छः प्रधानमन्त्री प्रचण्ड

सीमा समस्याबारे भारतीय प्रधानमन्त्रीसँग गम्भीर कुराकानी भएको छः प्रधानमन्त्री प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सीमा समस्या समाधानका विषयमा पहिलो पटक भारतिय प्रधानमन्त्रीले पहिलो पटक मुख खोलेको बताएका छन् । 

सोमबार संसदलाई आफ्नो भारत भ्रमणबारे जानकारी गराउने क्रममा उनले भारतीय प्रधानमन्त्रीसंगको भेटवार्ताका क्रममा आफूले सीमा सम्बन्धी विषयहरुमा गम्भिर रुपले छलफल  गरेको बताए । 

‘सीमा सम्बन्धी विषयमा स्थापित कुटनीतिक संयन्त्र मार्फत समाधान गर्न भारतका प्रधानमन्त्रीलाई मैले गम्भिर रुपमा आग्रह गरेको छु।’ उनले भने ‘हाम्रो वार्तापछिको संयुक्त प्रेस मिटमा पनि मोदीजीले सीमा लगायत थाँती रहेकाे विषय समाधान गरिनेछ भन्नुभएको छ। मोदीजीले सीमाबारे लामो समयपछि स्पष्ट बोलेको यो पहिलो पटक हो।’ 

उनले नेपाल-भारतबीच रहेका सीमाबाहेक डुबान समस्यबारे पनि आफूले कुरा राखेको बताए। प्रचण्डले यही मनसुनअघि नै डुबान रोक्ने उपायबारे दुई देशका संयन्त्रले विकल्प खोज्ने पनि बताए। 

उनले भारतिय प्रधानमन्त्रीको तहबाट सिमाबारे प्रष्ट विचार सार्वजनिक भएको यो पहिलो घटना भएको बादी गरे। उनले भने।‘भारतिय प्रधानमन्त्रीले पनि संयुक्त पत्रकार सम्मेलनमा सीमालगायतका सबै समस्यालाई समाधान गरिनेछ भनेर स्पष्ट शब्दमा आएको छ। भारतीय प्रधानमन्त्रीबाट सीमाको सम्बन्धी विषयमा स्पष्ट विचार आएको पहिलो र सकारात्मक अभिव्यक्ति हो।’

Skip This
Skip This
Logo