जन्मदिनेलाई पहिचान दिने अधिकार दिन सासंद कठायतको माग

जन्मदिनेलाई पहिचान दिने अधिकार दिन सासंद कठायतको माग

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विनिता कठायतले नागरिकता निर्माण प्रक्रियामा राज्यले महिलामाथि विभेद गरेको भन्दै चर्को आक्रोश पोखेकी छन् ।

प्रतिनीधि सभाको आजको बैठकमा सासंद कठायतले सिडियो कार्यालयमा उभिएर श्रीमानको ठेगाना नभएका महिलाले स्वघोषणा गर्नुपर्ने प्रावधानविरुद्ध आपत्ति जनाएकी हुन् । उनले भनिन्- ‘आज पनि कुनैपनि बाबुले सिडियो कार्यालयमा उभिएर बच्चाहरुको नागरिकता बनाउने मेरो पत्नीको ठेगाना छैन भनेर स्वघोषणा गर्नु परेको छ । अनि आमालाई चाँही किन ? समानता व्यवहारमा चाहियो गफमा हैन जन्म दिनेलाई पहिचान दिन अधिकार देउ ।’

उनले सरकारले महिलालाई घोचिघोचि पिडा दिने काम गरेको भन्दै विभेदकारी नीति परिर्वतन गर्न सदनको ध्यानाकर्षण गराइन् । 

Logo