नेकपा एमालेका सांसद ठाकुर गैरेले सरकारले देशका तीन जिल्लालाई मात्रै ४० प्रतिशत रकम विनियोजन गरेर अन्य क्षेत्रलाई विभेद गरेको आरोप लगाएका छन् ।
सोमबार प्रतिनिधिसभाकोे बैठकको बजेट माथिको छलफलमा बोल्दै सांसद गैरेले सरकारले देशका गोरखा,नुवाकोट र डडेल्धुरालाई मात्रै बजेट छुट्याएको भन्दै सदनबाट शसक्त प्रतिवाद गर्ने चेतावनीसमेत दिए ।
उनले भने,‘यो सरकारले सिङ्गो नेपाली जनता एउटै आँखाले हेर्न सकेको छैन । यो सरकारले गोरखा,नुवाकोट र डडेल्धुराका जनतालाई मात्र नेपाली देख्छ र त्यहि आँखाबाट बजेटको रकम विनियोजन भईरहेको छ । अर्थमन्त्रीलाई ध्यानाकर्षण गराउन चाहन्छु स्वयम सत्ता पक्षको सांसद र हामीहरु यो सदनको रोष्टममा तपाईले गर्दै गरेको विभेदको बारेमा बोल्न पर्ने अवस्था सृजना नगर्नुहोस् । देशका तीन ओटा जिल्लामा करिब ४० प्रतिशत बजेट तपाईले लैजाने अरु देशभरिका जनतालाई निरास बनाउने काम गर्दै हुनुन्छ । यो सदनमा मान्य हुने छैन ।’
सांसद गैरेले अर्थमन्त्रीले प्रस्तुत गरेको बजेटमा जनविश्वास पैदा गर्न नसकेको जिकिर पनि गरे ।





























प्रतिक्रिया