करको दर हेरफेरबारे छानविन गर्न संसदीय समिति गठन गरौंः ज्ञानेन्द्र शाही

करको दर हेरफेरबारे छानविन गर्न संसदीय समिति गठन गरौंः ज्ञानेन्द्र शाही

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्रबहादुर शाहीले करका दर हेरफेर भएको समाचार आएको भन्दै संसदीय  समिति गठन गरी छानविन गर्न माग गरेका छन् । 

सोमवार प्रतिनिधि सभाको बैठकमा सांसद शाहीले अर्थमन्त्रीले भन्सार विभागका पूर्व नायब (नासु)रामकृष्ण श्रेष्ठलाई बजेट बनाउने गोप्य कोठामा लगि करका दर हेरफेर गरेको भन्ने समाचार आएको भन्दै छानविन गर्न माग गरेका हुन् । 

उनले भने, ‘एउटा समाचार आएको छ करका दर हेरफेर गरियो भनेर नेपाल केहि व्यापारी घरानालाई पोस्नेगरी भन्सार विभागका पूर्व नायब (नासु)रामकृष्ण श्रेष्ठलाई बजेट प्रस्तुतको अघिल्लो रात बजेट बनाउँने गोप्य कोठामा लगियो भन्ने आएको छ । अघिल्लो वर्ष पनि यस्तै भयो । अहिले पनि छिट्टै संसदीय छानविन समिति गठन गरी अर्थ मन्त्रालयबाट गरिएको भए मन्त्रीलाई र झुटो लेखिएको भए समाचार लेख्ने व्यक्तिलाई कारवाही गरीयोस् ।’

उनले अर्थमन्त्रीलाई कर्मचारीले बनाएको बजेटमा हस्ताक्षर नगर्न आग्रह गरे । 

Logo