काठमाडौँ महानगरले बालबालिकालाई श्रममा राखे कारबाही गर्ने

काठमाडौँ महानगरले बालबालिकालाई श्रममा राखे कारबाही गर्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ महानगरपालिकाले बालबालिकालाई श्रममा नराख्न आग्रह गरेको छ। १८ वर्ष मुनिका बालबालिकालाई जोखिमपूर्ण श्रममा लगाउन प्रतिबन्ध गरेकाले कानुनको पालना गर्न महानगरले आग्रह गरेको छ ।

कानुनले १४ वर्ष मुनिका बालबालिकालाई कुनै पनि प्रकारको बालश्रममा लगाउन नपाइने जनाएको छ। कानुन विपरीत रहने गरी कसैले होटेल, ग्यारेज, सवारीसाधन कारखाना आदिमा बालश्रम गराएको पाइएमा महानगरले कानुन बमोजिम कारबाहीको प्रक्रिया अघि बढाइनेसमेत जनाएको छ । 

कानुनको उल्लंघन गर्दै बालबालिकालाई श्रममा राखेको भएमा सोको जानकारी १५ दिनभित्र महानगरपालिका अन्तर्गतको सामाजिक विकास विभागलाई जानकारी गराउन महानगरले आग्रह गरेको छ। 

 

Logo