११ बजे बोलाइएको प्रतिनिधिसभा बैठक १२ बजेसम्म पनि बसेन

११ बजे बोलाइएको प्रतिनिधिसभा बैठक १२ बजेसम्म पनि बसेन

केन्द्रबिन्दु
0
Shares

बजेटमाथिको छलफलका लागि ११ बजेको लागि बोलाइएको प्रतिनिधिसभाको बैठक १२ बज्दा पनि शुरू भएको छैन ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले करको दर हेरफेरमा अनधिकृत व्यक्तिको संलग्नता रहेको भनी उठेको विषयमा सरकारको जवाफ माग गर्ने भएका छन् ।

सभामुखसँगको छलफलमा उनीहरूले प्रतिनिधिसभा बैठकमा करको दर हेरफेरमा अनधिकृत व्यक्तिको संलग्नता रहेको भनी उठेको विषयमा सरकारको जवाफ माग गर्ने जानकारी गराएका छन् । 

Logo