कोशी प्रदेश सरकार परिवर्तनको सरगमी बढिरहेको बेला प्रदेश सरकारको साँचो हातमा बोकेर बसेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेश सरकारलाई दिएको समर्थन यथावत रहेको प्रष्टीकरण दिएको छ।
आज प्रदेश सभाका रहेका सबै सांसद्ले संयक्तरुपमा विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारबाहेक अन्य विकल्पमा नसोचेको स्पष्ट पारेका हुन्।
९३ सदस्यीय प्रदेश सभामा एमालेका ४० र राप्रपाका ६ सांसद छन् भने एमाले राप्रपा बाहेकको गठवन्धनमा पनि सभामुख बाहेक ४६ सांसदनै रहेका छन् । राप्रपाको साथबिना विपक्षी गठवन्धनको पनि सरकार बन्नसक्ने अवस्था नभएको कारण मुख्यमन्त्री कार्कीको सरकार ढल्छ वा रहन्छ अहिलेनै अनुमान लगाउन सक्ने अवस्था छैन् ।































प्रतिक्रिया