नेकपा एमालेका सांसद योगेश भट्टराईले नेपाली कांग्रेसलाई राष्ट्रपतीय प्रणालीमा जाने आँट गर्न चुनौति दिएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा उनले नेपाली कांग्रेसले शासकीय प्रणाली बदल्न हिम्मत गर्छ भने एमाले त्यसमा साथ दिन तयार भएको बताए ।
उनले भने ‘आजको शासकीय प्रणालीहरु बदलौँ। प्रत्यक्ष निर्वाचित कार्यकारी ल्याऔँ । संसदलाई पूर्ण व्यवस्थापकीय विधायक प्रणालीको रुपमा लगियो भने सायद माननीय जीहरुले भनेको परिभाषामा पुगिएला कि भन्ने हो । यदि नेपाली कांग्रेस त्यसमा हिम्मत गर्छ भने हामी त तयार नै छौँ । संविधान बनाउँदा पनि छलफल गरेकै हो फेरि एकचोटी छलफल गरौँ ।’
उनले कांग्रेसलाई यो विषयमा एकचोटी छलफल गर्न आग्रह गरेका छन् । संसदलाई पूर्ण व्यवस्थापकीय विधायक प्रणालीमा लानु पर्नेमा उनको जोड छ ।































प्रतिक्रिया