अत्यावश्यक सेवामा हड्ताल निषेध गर्ने मन्त्रिपरिषद्को निर्णय

अत्यावश्यक सेवामा हड्ताल निषेध गर्ने मन्त्रिपरिषद्को निर्णय

केन्द्रबिन्दु
0
Shares

सरकारले अत्यावश्यक सेवामा हडताल निषेध गर्ने निर्णय गरेको छ। आज बिहान बसेको मन्त्रिपरिषद बैठकले गृहमन्त्रालयको प्रस्तावमा आवश्यक सेवा संचालन नियमावली २०१४ को दफा ३ को उपदफा १ बमोजिम अत्यावश्यक सेवामा हडताल निषेध गर्ने निर्णय गरेको हो।

प्रधानमन्त्री तथा मन्त्रि परिषद्को आज बसेको बैठकले विद्युत व्यापार सम्बन्धि विधेयक संसदमा पेश गर्ने निर्णय गरेको छ ।  आज प्रधानमन्त्री तथा मन्त्रि परिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रि परिषद् बैठकले विद्युत व्यापार सम्बन्धी विधेयक संसदमा पेश गर्ने निर्णय गरेको हो ।

सम्बन्धित मन्त्रालयलाई  विधेयक संसदमा पेश गर्न अनुमति दिने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्। 

मन्त्रिपरिषद् बैठकका निर्णयहरु यस्ता छन्ः 

–काभ्रेपलान्चोक जिल्ला पाँचखाल नगरपालिकामा रहेको औद्योगिक ग्रामलाई महिला उद्यमी विशेष औद्योगिक ग्राममा रूपान्तरण गर्ने ।

–कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको अध्यक्षमा सहसचिव मदन भुजेललाई तोक्ने ।

–आवश्यक सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को उपदफा ९१० बमोजिम आवश्यक सेवाको हडताल गर्न निषेध गरी आदेश जारी गर्ने र सो को सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने ।

–माथिल्लो मैलङखोला जलविद्युत लिमिटेडलाई आयोजनाको टावर र राइट अफ वे को लागि रसुवा र नुवाकोट जिल्लामा रहेको राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिन तथा सो वन क्षेत्रमा रहेका रुखहरू हटाउन स्वीकृति दिने ।

– मिति २०८० जेठ २९ देखि ३२ गतेसम्म बेल्जियमको ब्रसेल्समा आयोजना हुने Metropolis World Congress तथा Brussels Urban Summit 2023 विषयक कार्यक्रममा सहभागी हुन काठमाडौँ महानगरपालिकाका नगर प्रमुख बालेन्द्र साहको भ्रमण स्वीकृत गर्ने । 

–मन्त्रिपरिषद्, विधेयक समितिबाट पेस भएको विद्युतीय व्यापारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेस गर्न स्वीकृति दिने ।

Skip This
Skip This
Logo