अकालमा नागरिकको ज्यान जाने सडक नबनोस्ः अमरेशकुमार सिंह

अकालमा नागरिकको ज्यान जाने सडक नबनोस्ः अमरेशकुमार सिंह

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले अकालमा ज्यान जाने सडक बनाउने कार्य रोकिनुपर्ने बताएका छन्। 

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नदी किनारमा बनाइएका सडकमा सुरक्षाको मापदण्डअनुसार निर्माण नहुँदा अकालमा नागरिकले ज्यान गुमाइरहेकाे बताए। यसको दोषी को हो भनेर उनले प्रश्न पनि गरेका छन्।

नदी किनारमा बनाइएका सडकमा पक्की वा फलामको बारजस्ता सुरक्षाका लागि आवश्यक संरचना नबनाइएको भन्दै उनले सडकमा संख्याभन्दा सुरक्षाको मापदण्डअनुसार थोरै  बनाएर भएपनि नागरिकको जीवनरक्षा गर्नुपर्नेमा जोड दिए। 
 

Skip This
Skip This
Logo