काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड बीचको वार्ता विना निष्कर्ष टुंगिएको छ । बुधवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साढे २ घण्टासम्म चलेको बैठक विना निष्कर्ष टुंगिएको हो ।
आजको वार्तामा पनि कुनै ठोस नतिजा हात पर्न नसकेको स्रोतको दाबी छ । यद्यपि, दुवै (पक्ष वान टु वान) वार्तामा बसेकाले पूरै विवरणहरु आउन सकेको छैन । पार्टीमा देखिएको विवाद समाधानका लागि उनीहरूबीच मंगलबार पनि छलफल भएको थियो । मंगलबारको वार्तामा पनि कुनै नयाँ प्रगति नभएपछि आजको लागि भेटवार्ता तय भएको थियो ।
दुई पक्षबीच सहमति जुट्न नसक्दा गत असार १८ देखि स्थायी कमिटीको बैठक स्थगित हुँदै आएको छ । स्थायी कमिटीको अर्को बैठक साउन २ मा बस्दैछ ।





























प्रतिक्रिया