उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पहिचानको नाममा अराजकता मच्चाउनेलाई कारबाही गरिने जनाएका छन् ।
कोशी प्रदेशको नामकरणका सम्बन्धमा आफ्ना नेताहरुलाई ‘पहिचान पक्षधर’ भनिनेहरुले आक्रामण गरेको तर सरकारले कुनै कारबाही नगरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आपत्ति जनाएपछि गृहमन्त्री श्रेष्ठले सो जवाफ दिएका हुन् ।
प्रतिनिधिसभा बैठकमा बोल्दै गृहमन्त्री श्रेष्ठले त्रियुगा नगरपालिकामा भएको घटना तथा कोशी प्रदेशमा भएका पछिल्लो घटनामा संलग्नहरुलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका छन्। उनले भने, ‘अराजक गतिविधि गर्ने । सार्वजनिक संथाहरुको सुरक्षामा चुनौती उत्पन्न गर्ने । अराकपूर्वक काम गर्ने सरकारले कसैलाई छुट दिने छैन । कारवाहीको कानुनी दायरामा ल्याउन सरकार दृढ छ ।’
आन्दोनकारीहरुले विषयबस्तु ठिक ढंगले प्रस्तुत गर्न नसक्दा संघीयतामाथि आक्रमण गरेको भन्दै सरकारले बल प्रयोग गर्न नपरोस् भन्दै गृहमन्त्री श्रेष्ठले अराजकता मच्चाउनेहरुलाई राजनीतिक पार्टीहरुले संरक्षण नगर्न आग्रह गरे ।































प्रतिक्रिया