नक्साबारे प्रधानमन्त्रीले सदनलाई ढाँटेको एमाले सांसद बस्नेतको आरोप

नक्साबारे प्रधानमन्त्रीले सदनलाई ढाँटेको एमाले सांसद बस्नेतको आरोप


नेकपा एमालेका सांसद महेश बस्नेतले भारतको नयाँ संसद भवनमा राखिएको नक्साबारे प्रधानमन्त्रीले झुटो बोलेको आरोप लगाएका छन्। 

शुक्रबार संसद्मा उनले भारतको नयाँ संसद भवनमा राखिएको नेपालको नक्साबारे प्रधानमन्त्रीले आफ्नो भ्रमणका क्रममा ठोस कुरा नभएको बताए पनि भारतीय विदेशमन्त्रीको भनाई पनि त्यो झुटो भएको दाबी गरे।
 
‘भारतीय विदेशमन्त्री एस जयशंकरले नेपालले कुरा बुझिसक्यो अब विवाद हुँदैन। मित्रदेश नेपाल र बंगलादेशले अब विवाद गर्दैनन्। उक्त नक्साको मुनी अशोक इम्पायरको विवरण लेखिएको छ। यो संस्कृतिक कुरा हो यसलाई राजनीतिक विषय बनाउन जरुरी छैन भन्ने पत्रकारहरुसँगको कुराकानीमा गर्नुभएको छ।’ उनले प्रश्न गरे ‘तर प्रधानमन्त्रीले यसको विषयमा सबै जानकारी गराएको छ भनेर भन्नुभएको छ। सत्य कुरा के हो? भारतले भनेको सत्य हो की? प्रधानमन्त्रीले भनेको कुरा सत्य हो?’

Logo