हिन्दू परम्परामा राँगाको अर्थ अशुभ मानिन्छ, अनिकाल लगाउन दिइन्छः ज्ञानेन्द्र शाही

हिन्दू परम्परामा राँगाको अर्थ अशुभ मानिन्छ, अनिकाल लगाउन दिइन्छः ज्ञानेन्द्र शाही

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले वैदिक सनातन परम्परामा राँगाको अर्थ अशुभ मानिने बताएका छन् । 

राप्रपाको पार्टी कार्यालयमा शुक्रबार बसेको कार्य सम्पादनको बैठकपश्चात सञ्चारकर्मीसंग प्रवक्ता शाहीले भारत भ्रमणमा विमानस्थलबाट नै नेपालको अपमान गर्ने कार्य भएको बताएका हुन् । 

उनले भने, ‘मुर्रा भैंसीको कुरा सामान्य होईन, हिन्दू राष्ट्र बनाउने र हिन्दूहरुको नेतृत्व गर्ने सरकार अहिले भारतमा छ । त्यहाँको वैदिक सनातन, हिन्दू परम्परामा राँगाको अर्थ अशुभ मानिन्छ । एउटा देशको कार्यकारी प्रधानमन्त्री जानु हुन्छ विमानस्थलमै बेइज्जत गरिन्छ, हरेक कार्यक्रममा बेइज्जत बाहेक केही हुदैँन । हाम्रो धर्म शास्त्रमा राँगा, भैंसी उपहार दिनु भनेको हामीलाई अपमान गर्नु र परम्परा अनुसार जाने हो भने कसैलाई अनिकाल लगाउनु छ भने, त्यस्तो किसिमको उपहार दिने चलन छ । राँगा दिनु भनेको नराम्रो होईन्, तर प्रगति के भयो त भन्ने विषय हो । ’ 

प्रवक्ता शाहीले भारत भ्रमणबाट प्रधानमन्त्री दाहालले आफ्नो इज्जत माटोमा मिलाएर फर्किएको दावी समेत गरे । प्रधानमन्त्री दाहाल भैंसीमात्र लिन भारत गएको जस्तो भएको पनि शाहीको जिकिर थियो ।

Logo