प्रधानमन्त्री प्रचण्डले गरे पशुपतिनाथ मन्दिरको दर्शन

प्रधानमन्त्री प्रचण्डले गरे पशुपतिनाथ मन्दिरको दर्शन

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन्।  शनिबार साँझ गौशालास्थित पशुपतिनाथ मन्दिर पुगेर उनले दर्शन गरेका हुन् । 

प्रधानमन्त्रीको साथमा परराष्ट्र मन्त्री एनपी साउद, अर्थमन्त्री प्रकाश शरण महत, पर्यटन मन्त्री सुदन किराँती लगायत पनि मन्दिर पुगेका थिए । उनीहरुले त्यहाँ आरती पनि अवलोकन गरेका छन् ।

प्रधानमन्त्री प्रचण्ड केहीसमयअघि मात्रै भारत भ्रमणमा उज्जैनस्थित मन्दिरमा पुजासमेत गरेका थिए। गैरू वस्त्र लगाएर पुजा गरेको तस्बिरहरू बाहिरिएपछि उनको आलोचना समेत भएको थियो। त्यसपछि उनी पशुपतिनाथ मन्दिरको दर्शन गर्न पुगेका हुन् ।  

Skip This
Skip This
Logo