नेपाली कांग्रेसका सांसद दीपक गिरीले बजेट भाषणको समय परिवर्तन गर्नुपर्ने बताएका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलका क्रममा उनले यस्तो बताएका हुन्।
उनले भने,“बजेट भाषण सधैँ बेलुका ४ बजे हुने, के कारणले ४ बजे हुने ? किन बिहान १० बजे, १२ बजे नहुने ? मैले कारण के रहेछ भनेर हेरेँ–जति बेला भारतमा ब्रिटिस इन्डिया सरकार थियो, त्यति बेला भारतमा ४ बजेट भनिँदो रहेछ, त्यति बेला इंग्ल्यान्डमा बिहानको १० बज्दो रहेछ। त्यति बेला त्यहाँका ब्रिटिसलाई सुन्नु जरुरी रहेछ। त्यो कारण चलेको चलन नेपालमा आयो। त्यो सुर्धानुपर्यो ।”
हरेक जेठ १५ गते बिहान १० बजे नै प्रतिनिधिसभामा बजेट प्रस्तुत गर्नुपर्ने उनले माग गरे। हाल बजेट अपराह्न ४ बजे प्रस्तुत गरिँदै आएको छ । सांसदबारे जनताले नबुझेकाले आफूलाई ‘झोले सांसद’ भन्न रुचाउने उनले बताए। “आफूलाई झोले सांसद भन्न रुचाउँछु । राति फोन आउँछ एउटा बुढीआमाको– बाबु, मेरो त एउटा खसी मर्यो नि, दुइटा खसी पालेको सांसद बाबुले केही गरिदिनुहुन्छ कि! यस्तो छ नागरिकको बुझाइ,” उनले भने । सांसदलाई वडाध्यक्षको स्तरमा दाँजेको भन्दै काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लाई धन्यवाद समेत दिए ।
“म त सलाम गर्छु बालेनजीलाई । उहाँले हामी झोलेलाई वडाध्यक्षको स्तरमा पुर्याइदिनुभयो,” सांसद गिरीले भने, “चिन्न छोड्नुभयो होला भन्ने फोन आउँछ । जनताको स्तर यस्तो छ ।”































प्रतिक्रिया