केन्द्रबिन्दु
0
Shares

सरकारले सहकारी समस्या समाधानका लागि डा. जय कान्त राउतको संयोजकत्वमा कार्यदल गठन गरेको छ । 

मन्त्रिपरिषद्को २३ वैशाखमा बसेको बैठकले राष्ट्रिय योजना आयोगका सदस्य डा. राउतको संयोजकत्वमा कार्यदल गठन गरेको आज जानकारी दिइएको हो । विभिन्न मन्त्रालयका सचिव र सहसचिव, राष्ट्र बैंकको उच्चअधिकारी साथै नेपाल प्रहरीको एसएसपीसहितको कार्यदलले सहकारीका समस्या पहिचान गरी प्रतिवेदन बुझाउन २ महिनाको समयसीमा पाएको छ ।

राष्ट्रिय योजना आयोगले १६औँ योजनाको काम सुरु गरेको छ । यसका लागि आयोगले केहीदिनमै पूर्व उपाध्यक्षहरुसँग छलफल गर्नेछ ।

Skip This
Skip This
Logo