लोसपाका अध्यक्ष ठाकुर दिल्ली प्रस्थान

लोसपाका अध्यक्ष ठाकुर दिल्ली प्रस्थान

केन्द्रबिन्दु
0
Shares

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर नियमित स्वास्थ्य उपचारका लागि भारतको नयाँदिल्ली प्रस्थान गरेका छन् । 

स्वास्थ्य उपचारको ‘फलोअप’का लागि अध्यक्ष ठाकुर आज दिउँसो दिल्ली प्रस्थान गरेकाे लोसपाका कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए । उनका अनुसार अध्यक्ष ठाकुर आफ्नो मुटुमा लगाइएको पेसमेकर र एन्जिओग्राफीको फलोअपका लागि दिल्ली गएका हुन् । 

अध्यक्ष ठाकुर उपचार सकेर एकसातापछि स्वदेश फर्कनेछन् ।

Logo