बजेटका कमजोरी सुधार्न सरकारलाई गगन थापाको आग्रह

बजेटका कमजोरी सुधार्न सरकारलाई गगन थापाको आग्रह

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले बजेटका कमजोरी सुर्धानु पर्ने बताएकाछन् । 

आइतवार प्रतिनिधिसभामा सरकारले ल्याएको आर्थिक वर्ष २०८०/८१ को बजेटमाथि आफ्नो धारणा राख्दै सांसद थापाले बजेटलाई कार्यान्वयन गरेर अगाडि बढ्नको लागि सरकारले आफ्नो कमीकमजोरी स्वीकार्न आवश्यक रहेको बताएका हुन् ।

‘बजेट प्रस्तुत भईसकेपछि अवास्तविक भन्ने कुरालाई मनमा लागे पनि हाेईन भन्नुपर्ने स्थिती हुन्छ । तर यसलाई कार्यन्वयन गरेर परिणाम ल्याउने हो भने यो अवास्तविक छ भन्ने कुरालाई स्विकार्नुपर्छ ।’ उनले भने, ‘यसको आकार यत्रो हुनै सक्दैनथ्यो तर नसक्दा नसक्दै पनि आकार यत्रो बनाईयो भन्ने कुरा मानेर बजेटको कार्यान्वयन गर्न सकियो भने काम गर्न सकिन्छ ।’

अवास्ताविक बजेटको आकारलाई बोकेर हिँड्ने हो भने अगाडि बढ्न नसक्ने भन्दै सांसद थापाले सरकारले प्रभावकारी ढंगले काम गर्नुपर्ने बताए । 

Logo