काठमाडौं ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद सतहमा आइरहेका बेला समाधानका लागि भन्दै दुई अध्यक्षबीच पटक पटक वार्ता हुँदै आएको छ । तर हालसम्म भएका कुनै पनि वार्ताले कुनै निष्कर्ष दिन सकेको छैन । तैपनि पछिल्ला केही दिन यता नेकपाको विवाद समाधान उन्मुख भएको बताइएको छ ।
यसैबीच आज पनि दुई अध्यक्षबीच वार्ता हुने भएको छ । मंगलबार पनि उनीहरुबीच वार्ता भएको थियो । हिजोको वार्ताले पनि कुनै निष्कर्ष दिन भने सकेन । असार १० गतेदेखि शुरु भएको स्थायी कमिटी बैठक पनि पटक पटक स्थगित हुँदै आएको छ । पछिल्लो पटक साउन २ सम्म बैठक स्थगित छ ।
आज हुने वार्ता निर्णायक हुने भनिएको छ । यस अघिका वार्ताबाट कुनै उपलब्धि नभएको अवस्थामा आज पनि के होला यसै भन्न सक्ने अवस्था भने छैन । प्रधानमन्त्री निवास बालुवाटारमा आज दुई अध्यक्षबीच वार्ता हुने बताइएको छ ।





























प्रतिक्रिया