विदेशी दाताहरु सहयोग दिन तयार छन्, तर खर्च गर्ने क्षमता हामीसँग छैनः अर्थमन्त्री

विदेशी दाताहरु सहयोग दिन तयार छन्, तर खर्च गर्ने क्षमता हामीसँग छैनः अर्थमन्त्री

केन्द्रबिन्दु
0
Shares

अर्थमन्त्री डा. प्रकाशशरण महतले विदेशीसँग सहयोग ल्याउँदा खर्च गर्नसक्ने क्षमता पनि देखाउनुपर्ने बताएका छन् । 

सोमबार बजेटमाथि उठेका प्रश्नको संसदमा जवाफ दिँदै अर्थमन्त्री डा. महतले विदेशी दाताहरुले सहयोगका लागि अझै पनि इच्छा देखाएकाे बताएका हुन् । तर हामीसँग खर्च गर्ने क्षमता देखाउन नसक्दा सहयोगका लागि देखाएको इच्छा लिन नसकेको उनको भनाइ थियो । 

‘बजेट आउँछ खुसी हुुन्छौं तर कार्यान्वयन हुँदैन । उपयोग र खर्च हुँदैन । विदेशी सहयोग र थप सहयोग आउँछ । त्यस्ता प्रतिवद्धताहरु आएको छ । त्यो किसिमको विदेशी सहयोगी दाताहरुले ईच्छा प्रकट गरेका छन् । तर हामीले खर्च गर्ने क्षमता देखाउनुपर्छ ।’ उनले भने, ‘बजेटको आकार चालु आर्थिक वर्ष भन्दा २.३४ प्रतिशतले घटाएको छ। घटाउनु पर्ने अवस्था आयो । किनभने एकातिर क्रृण व्याजको दायित्व हरेक वर्ष तिर्नु पर्छ त्यो दायित्व ब्ढ्यो ।  अर्कोतिर वैदेशिक सहयोग कति आउँछ त्यसलाई मध्य नजर राख्नै प-यो । र हाम्रो राजस्व कति छ ? त्यसलाई पनि मध्य नजर राख्नु प-यो ।’

Skip This
Skip This
Logo